Close This

ट्रिप ईन्न होटल समूह (जर्मनी) ले भूकम्प प्रभावितहरुलाई २० लाख सहयोग गर्ने

शनिबार कार्तिक १८, २०८०/ Saturday 11-04-23
Paschim Today

काठमाण्डौ, १८ कार्तिक ।
ट्रिप ईन्न होटल समूह (जर्मनी)ले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प प्रभावितलाई राहत स्वरूप २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

ट्रिप ईन्न होटल समूहका तर्फबाट जीवा लामिछाने र कुमार पन्तले शनिवार सामाजिक सञ्जाल मार्फत भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उद्धार तथा राहतका लागि २० लाख रुपैया प्रदान गर्ने प्रतिबद्धता गरेका हुन् ।

जाजरकोट केन्द्रबिन्दु बनाएर कार्तिक १७ गते मध्यराति गएको ६.४ रेक्टर स्केलको भूकम्पले पश्चिम नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति भएको खबरले हामी अत्यन्त दुःखी छौं, लामिछाने र पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, यस दुखद घडीमा ज्यान गुमाउनुहुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा न. १ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।