Close This

जब मदिरामा लठ्ठ युवकले गाली गलौच गर्दै प्रहरी कुट्न थाले....

आइतबार कार्तिक १९, २०८०/ Sunday 11-05-23
Paschim Today

धनगढी, १९ कार्तिक ।
ड्युटीमा रहेका ट्राफिक प्रहरीले चेकिङ गर्ने क्रममा मदिरामा लठ्ठ दुई युवाले ट्राफिक प्रहरी र प्रहरीलाई गाली गलौच गर्दै कुटपिट मै उत्रिए पछि प्रहरी ती युवालाई नियन्त्रणमा लिएको छ ।

शनिबार राति धनगढी उपमहानगरपालिका - ३ राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा कुटपिट गर्ने खडक कुँवर सहितका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

खसीका कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि गालीगलौच गर्दै हातपात गरेका थिए।

ड्युटीमा महिला प्रहरी समेत रहेको अवस्थामा सुन्नै नसक्ने शब्द प्रयोग गर्दै गालीगलौच पछि कुटपिट मै उत्रिएका ती युवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) कुलदिप चन्दले बताए ।