Close This

नेपालद्वारा ओमानलाई १ सय ८५ रनको लक्ष्य, गुल्शनले बनाए अर्धशतक

आइतबार कार्तिक १९, २०८०/ Sunday 11-05-23
Paschim Today

काठमाडौँ, १९ कात्तिक । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि नेपालले ओमानसामु १ सय ८५ रनको लक्ष्य दिएको छ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रन बनायो ।

नेपालका गुल्सन झाले ५४ र रोहित पौडेलले ५२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, कुशल भुर्तेलले ३१, करन केसीले २० तथा सन्दीप जोराले १० रन जोडे । ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए । यस्तै अकिब इलियासले २ तथा जिशान मकसूदले एक विकेट लिए ।

नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल र ओमान दुबै टिम सन् २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् । आजको खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ । घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ ।

समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । पछिल्ला पाँच टि–ट्वान्टी खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ ।

गुल्शन झाले बनाए अर्धशतक
आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए । झाले कप्तान रोहितकुमार पौडेलसँग  ७८ रनको साझेदारी गरे ।