रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ स्थगित

धनगढी, २३ कार्तिक ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
रेशमको मुद्दामा आज हुने भनिएको सुनुवाई कार्यालय समय शुरु नहुदै स्थगित भएको हो ।
गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए ।
चौधरी रिहा भएको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
मंगलवार मात्रै थप तीन जना विरुद्ध पनि रिट दर्ता भएको हो । टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चार जनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । ती मध्ये एक नाबालक हुन ।
नाबालक बाहक अन्य तीन जना विरुद्ध पनि रिट परेको थियो । आज ती दुवै मुद्दामा सुनुवाइ तोकिएको थियो ।
तपाईको प्रतिक्रिया