Close This

तिहारमा सुनसान धनगढी, गुल्जार बनगाँउ र पलिया

सोमबार कार्तिक २७, २०८०/ Monday 11-13-23
Paschim Today

धनगढी, २७ कात्तिक ।
सीमावर्ती भारतीय बजार बनगाँउ र पलियामा नेपालीहरुको भीड थेगिनसक्नु छ । बनगाँउ र पलिया बजारमा मान्छेको खुट्टा टेक्ने ठाँउ नहुदा धनगढी बजार भने सुनसान छ ।

धनगढी बजारका पसलहरुमा ग्राहकहरु आक्कल झुक्कल देखिन्छन् । नेपाली ग्राहकको घुईचोका कारण भारतीय बजार बनगाँउ र पलियाका व्यापारीहरुको दशैं र दीपावली व्यापारमय भयो । यता धनगढीका बजारका कतिपय व्यापारीहरु भने दशैं र दीपावलीमा समेत मुस्किलले बोहनी भएको गुनासो गर्छन ।

धनगढीको अति व्यस्त रहने एलचौकका कपडा व्यापारी रमेश जोशीले बिगतको तुलनामा व्यापारमा ४० प्रतिशत गिरावट आएको सुनाउछन । उनी भन्छन्, धनगढीमा व्यापार दिनप्रतिदिन सुकिरहेको छ । सीमावर्ती भारतीय बजार बनगाँउ र पलिया भने गुल्जार हुदै गएको छ ।

एलएनचौककै अर्का व्यापारी दिपेन्द्र मण्डलले दशैं र दिपावली आएपनि व्यापार भने नभएको सुनाउछन् ।

एलएनचौकका कपडा व्यवसायी प्रकाश बिष्टले धनगढीका अधिकांश व्यापारीहरु बोहनी समेत नुहुदा हैरान भएको बताउछन् । उनी भन्छन्, देउसी भैलो खेल्न आउनेहरुलाई दक्षिणा दिने पैसा समेत घरबाट ल्याउनु पर्ने अवस्था छ ।

हिजो देउसी भैली टोली आउदा खुशी हुने व्यवसायी यस पटक भने उनीहरु नआई दियो हुन्थ्यो भन्ने कामना गर्छन ।


 

मोटरसाईकल र गाडी भएका तस्वीरहरु बनगाँउको हो । र, सुनसान सडकका तस्वीरहरु धनगढीका हुन् ।