दुई जनाद्धारा आत्महत्या, एक जनाद्धारा आत्महत्याको प्रयास

धनगढी, ३० कात्तिक ।
कैलालीमा बिगत २४ घण्टामा दुई जनाले आत्महत्या गरेका छन् । थप एकजनाले आत्महत्याको दुस्प्रयास गरेका छन् ।
कैलालीको जानकी गाउँपालिका- २ बडरीयाका राम बहादुर चौधरीको २२ वर्षीय छोरा सुरेश चौधरीले बिहीवार बिहान करीव साढे पाँच बजे आफ्नै घरको सुत्ने कोठाको बलोमा बिद्युतिय तारले घाटीमा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
कैलालीको भजनी नगरपालिका- ९ओखरपुरका बिर बहादुर डगौराको ५२ वर्षीया पत्नी जुक्ति डगौराले बुधवार राति ९ बजे घर नजिकैको उखुबारी भित्र रहेको सिसमको रुखमा दोपट्टाले पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै कैलाली घोडाघोडी नगरपालिका- ३ नारायणपुरका रमेश बिष्टकी २८ वर्षीया पत्नी हरीना बिष्टले बुधवार साढे सात बजे साँझ घरायसी बिबादका कारण मुसा मार्ने बिषादी सेवन गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिषादी सेवनपछि सुख्खडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएकी बिष्टको अवस्था मध्यम रहेको छ ।
तपाईको प्रतिक्रिया