Close This

धनगढी बजारमा भीषण आगलागी, सारथी अस्पताल सहित आठ वटा पसलमा ठूलो क्षति

शनिबार मङ्सिर २, २०८०/ Saturday 11-18-23
Paschim Today

धनगढी, २ मंसिर ।
धनगढीस्थित सुदूर पश्चिम प्रदेश सभासंगै जोडिएको दल बहादुर भण्डारीले सञ्चालन गरेको जुत्ता तथा चप्पलको होलसेल पसल भण्डारी जनरल स्टोरको गोदाममा मध्यराति लागेको आगो फैलिदा एक अस्पताल सहित आठ वटा पसलमा ठूलो क्षति भएको छ ।
राति एक बजे लागो बिहान साढे आठ बजेसम्म पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छैन । आगलागीबाट भएको क्षतिको बिबरण अझै प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले बताए ।

मध्यराति भण्डारी जनरल स्टोरको गोदाममा तार सर्ट भई लागेको आगो फैलिदा भण्डारी जनरल स्टोर सहित टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप (बेवी सप) को गोदाम,  बासुदेव भट्टको भट्ट सपिङ्ग सेन्टर (ब्याग हाउस), जगत बहादुर बलायरको सुभिक्षा देवी सपिङ् सेन्टर (कपडाको गोदाम), यसोदा साउदको न्यु सदिक्षा ईन्टरप्राईजेज (कपडा,जुत्ता,व्यागको गोदाम), गौरी भण्डारीको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम), सारथी अस्पताल र जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस) मा लाखौ रुपैयाको नोक्सानी भएको छ ।

आगलागी  भएको भन्ने जानकारी प्राप्त भए लगत्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालको ४० जना,तेघरी व्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमाण्डमा २६ जना,शसस्त्र प्रहरी वल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमाण्डमा ३० जनाको टोली खटिनुका साथै धनगढी उपमहानगरपालिकाका २ वटा,गोदावरी नगरपालिकाका एक, कञ्चपुरको पुनर्वास नगरपालिकाका एक गरी गरी ४ वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।