Close This

बिपिन जोशीको अवस्था अझै अज्ञात, खोजी जारी

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23
Paschim Today

धनगढी, ४ मंसिर ।
डेढ महिनाअघि प्यालेष्ट्राइनी बिद्रोही समूह हमासद्धारा अपहरित बैतडीका बिपिन जोशीको अवस्था अझै अज्ञात रहेको ईजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासले जनाएको छ ।

जोशीलाई अक्टोबर ७ मा हमासले अपहरण गरी गाजातर्फ लगेको ईजरायल डिफेन्स फोर्सका प्रवक्ताको भनाईलाई उधृत गर्दै ईजरायलको तेल अबिवस्थित नेपाली राजदूतावासले जनाएको हो ।

जोशीको अवस्था हालसम्म अज्ञात रहेको र उनको खोजी कार्य जारी रहेको समेत ईजरायलमा रहेको नेपाली राजदूतावासले प्रेस बिज्ञप्ति मार्फत जनाएको हो ।

केही दिनअघि जोशीका परिवारजनले परराष्ट्र मन्त्रि एनपी साउँदलाई भेटेर जोशीको खोजी गरिदिन आग्रह गरेका थिए ।

हमासको आक्रमणमा सुदूर पश्चिम विश्व विद्यालयको कृषि संकाय तर्फका अर्न एण्ड लर्न कार्यक्रमका सिलसिलामा ईजरायलमा रहेका १० जना सुदूर पश्चिमका विद्यार्थीहरुको मृत्यु भएको थियो भने जोशीलाई हमासले अपहरण गरी लगेका थियो ।