स्कुटर र मोटरसाइकल ठोकिदा एकको मृत्यु एक घाइते

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23
Paschim Today

कञ्चनपुरमा स्कुटर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ। जिल्लाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगर–भाँसी खण्डमा सोमवार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार स्कुटर चालक भीमदत्त नगरपालिका वडा नम्बर ९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो।

भाँसीमा सुदूरपश्चिम प्रदेश ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिंदा कार्कीलाई चोट लागे पछि महाकाली प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको र सोही स्कुटरमा सवार कार्कीकी श्रीमती समेत घाइते भएको प्रहरीले जनाएको छ।


दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका–१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।