तोलामा दुई सयले बढ्यो सुनको मूल्य
बिहीबार मङ्सिर २१, २०८०/ Thursday 12-07-23
Paschim Today

काठमाडौं, २१ मंसिर । सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ। तर यता चाँदी भने २० रुपैयाँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा आज छापावाल सुन १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँ प्रतितोला मूल्यमा किनबेच भइरहेको छ।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १८ हजार ४ सय र १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएका थिए। तर आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। चाँदी अघिल्लो दिन १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
तपाईको प्रतिक्रिया