राष्ट्रिय युवा संघ सुदूरपश्चिम इन्चार्जमा मल्ल, सह-इन्चार्जमा शाह र शाही

शुक्रबार मङ्सिर २२, २०८०/ Friday 12-08-23
Paschim Today

नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेको छ। बिहीबार विशेष सर्कुलर जारी गर्दै इन्चार्ज र सह- इन्चार्जको जिम्मेवारी तोकिएको हो।

जस अन्तरगत सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी डडेल्धुराका भरत मल्लले पाएका छन् भने सह - इन्चार्जको जिम्मेवारी अछामका भरत शाह र कैलालीका सुरेन्द्र शाहीले पाएका छन्।

No description available.