सुदुरपश्चिमका पत्रकार मिन बमलाई पितृ शोक
शुक्रबार मङ्सिर २२, २०८०/ Friday 12-08-23
Paschim Today

धनगढी, २२ मंसिर । पत्रकार मिन बमलाई पितृ शोक परेको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बमलाई पितृ शोक परेको हो।
पूर्व शिक्षक, लोकतान्त्रिक जनआन्दोलनका योद्धा तथा राष्ट्रिय उपभोक्ता हकहित संरक्षण मञ्च डोटीका अध्यक्ष पदमसिंह बमको सेती प्रादेशिक अस्पताल धनगढीमा असमायिक निधन भएको हो।
उनले निस्वार्थ रुपमा प्रजातन्त्र, जनपक्षिय परिवर्तन र लोकतन्त्रका लागि योगदान गरेका थिए। मृतक बमको आज धनगढीको मोहना त्रिवेणी घाटमा दिउँसो १२ बजे अन्त्येष्टी गरिने परिवारले जनाएको छ।
तपाईको प्रतिक्रिया