रोकीराखेको ट्याक्टर सँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु 

शुक्रबार मङ्सिर २२, २०८०/ Friday 12-08-23
Paschim Today

कञ्चनपुर, २२ मंसिर । कञ्चनपुरमा रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीवार राति दुर्घटना भएको छ। उक्त दुर्घटनमा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाईते भएका छन्। पुनर्वास नगरपालीका–२ माईलीबजारमा रोकीराखेको से १ त ४१५९ नम्बरको ट्याक्टरसँग म २ प ४६२५ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास–५ का २१ वर्षीय अभिषेक रानाको उपचारका क्रममा मृत्यु भएको छ। यस्तै दुुर्घटनामा परी १९ वर्षीय अनुप राना र १८ वर्षीया रञ्जिता राना घाइते भएका छन्। अनुपको टाउको, मुखमा तथा रञ्तिाको दाहिने खुट्टा र दुबै हातमा चोट लागेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। घाईते दुबैको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ।

पुनर्वास नगरपालिका–३ रामबस्तीका बमबहादुर तामाङले माईलीबजारमा रोकाएर राखेको ट्याक्टरमा ठक्कर दिदा दुुर्घटना भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।