Close This

बम्जनको घरबाट प्रहरीले बरामद गर्‍यो तीन करोड रुपैयाँ र १५ थान मोबाइल, आजै सर्लाही पठाईंदै

बुधबार पौष २५, २०८०/ Wednesday 01-10-24
Paschim Today

 प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले उनलाई पक्राउ गरेपछि घर खानतलासी गरेको थियो ।

उनको घरबाट सीआईबीको टोलीले तीन करोडभन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइल समेत बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका बम्जनलाई आजै जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

न्यिदब िक्ष्mभ दबलप
बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो । उनीमाथि २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ ।