Close This

एसएसवीद्धारा गौरीफन्टा नाकामा नेपालीहरुमाथि दुव्र्यबहार

बिहीबार पौष २६, २०८०/ Thursday 01-11-24
Paschim Today

धनगढी, २५ पुस ।
धनगढीसंग जोडिएको भारतीय नाका गौरीफन्टामा एसएसवीले नेपालीहरुमाथि दुव्र्यबहार गर्ने गरेको  पाईएको छ ।

सामान खरीद तथा उपचारका लागि भारत जाने नेपालीहरुलाई नाकामा एसएसवीले दुव्र्यबहार गर्ने गरेको पाईएको हो ।

गौरीफन्टा नाकामा तीन ठाँउमा सामान र गाडी खान तलासी हुने गरेको छ । भारतीय कोतवाली र भन्सारका कर्मचारीहरुले जाँच गरिसकेको गाडी र सामान पुनः एसएसवीले जाँच गर्ने गरेका छन् ।

एसएसवीको चेकपोष्टमा तैनाथ कर्मचारीहरुले जाँच गर्ने क्रममा झर्किनुका साथै दुव्र्यबहार गर्ने गरेको नेपालीहरुको गुनासो छ ।

एसएसवीकी एक महिला जवानले दुई दिनअघि एक जना नेपाली व्यवसायीलाई अकारण गाडीबाट झारेर दुव्र्यबहार गरेकी थिईन । उनले गाडीमा लठ्ठीले हान्नुका साथै त्यहाँ धेरै बेरसम्म उभिन लगाएको एक नेपालीले गुनासो गरे ।

गौरीफन्टा नाकामा एसएसवीद्धारा भारत आवतजावत गर्ने नेपालीहरुसंग अपराधीलाई व्यवहार गर्ने गरेको त्यहाँका अधिकारीलाई गुनासो गरेपनि त्यसको सुनुवाई नभएको एक जना नेपालीले बताए ।

नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष हरी शंकर ठाकुरले एसएसवीद्धारा सीमामा नेपालीमाथि दुव्र्यबहार हुने गरेको गुनासो पटक पटक आएको र यो विषयमा नेपालस्थित दूतावास मार्फत भारत सरकारको ध्यानाकर्षण गराउने बताए ।