Close This

सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर भन्दा नेपालको राम्रो हुने  आईएमएफको प्रक्षेपण

बुधबार माघ १७, २०८०/ Wednesday 01-31-24
Paschim Today

काठमाण्डौ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुकु को रिपोर्ट अनुसार यो अङ्ग्रेजी वर्षमा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने प्रक्षेपण छ । यस्तै उपभोक्ता मूल्यवृद्धि भने ६ दशमलव ७ प्रतिशत रहनेछ ।
यो वर्ष विश्वको औसत वृद्धिदर तीन दशमलव प्रतिशत हुने देखिएकोमा नेपालको भने पाँच प्रतिशत पुग्ने अनुमान छ । विश्वको अर्थतन्त्रको औसत वृद्धिदर २३ वर्षयताकै कम हुने पनि आईएमएफले जनाएको छ । यस्तै आउँदो वर्ष अर्थात् सन् २०२५ मा पनि विश्वको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्रै हुने रिपोर्टमा उल्लेख छ ।