Close This

पाकिस्तानका पूर्वप्रधानमन्त्री शहबाज शरिफ विजयी

शुक्रबार माघ २६, २०८०/ Friday 02-09-24
Paschim Today

पाकिस्तानका पूर्वप्रधानमन्त्री शहबाज शरिफले जित हासिल गरेका छन्।


पाकिस्तान चुनाव आयोगका अनुसार पूर्वप्रधानमन्त्री तथा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहबाज शरिफ लाहौरस्थित एनए १२३ सिटबाट विजयी भएका हुन्। 


सन् २०२२ मा इमरान खानलाई सत्ताबाट निकालिएपछि बिहीबार भएको चुनावअघिसम्म शहबाज नै पाकिस्तानी प्रधानमन्त्री थिए।

तर प्रधानमन्त्रीको दौडमा रहेका उनका दाजु नवाज शरिफ भने चुनावी परिणामअनुसार पछि परेका छन्। उनलाई इमरान समर्थक उम्मेदवारले पछि पारेका हुन्।