क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

शनिबार माघ २७, २०८०/ Saturday 02-10-24
Paschim Today

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा २८५ रन बनाएको भएको हो।

क्यानडाका लागि आरोन जोनसनले ६५ र नवनीत धालिवालले ४६ रन बनाए। नेपालका कुशल मल्ल र कप्तान रोहित कुमार पौडेलले २–२ तथा सूर्य तामाङ, सोमपाल कामी, आकाश चन्द र पवन सराफले १–१ विकेट लिए।