समाजसेवी शाह एनआरएन मेरिल्याण्डको सल्लाहकारमा मनोनित
मंगलबार फागुन २९, २०८०/ Tuesday 03-12-24
Paschim Today

मेरिल्याण्ड, (अमेरिका) २९ फागुन ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड(अमेरिका)का अध्यक्ष तथा समाजसेवी दमनबिक्रम शाह गैर आवासीय नेपाली संघ मेरिल्याण्डको सल्लाहकारमा मनोनित भएका छन ।
गैर आवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरको हालै सम्पन्न बैठकले शाहलाई सल्लाहकारमा मनोनित गरेको हो ।
सुदूरपश्चिमको डोटी गडसेरा पुख्र्यौली घर भएका शाहले सन २०१२ देखि अमेरिकाको मेरिल्याण्ड बालटिमोरलाई कर्मक्षेत्र बनाएका छन् ।
सुदूरपश्चिम समाजको नेतृत्वदायी भूमिकामा रहेको शाह बाना मेरिल्याण्डका सल्लाहकार समेत हुन्।
शाहले सल्लाहकारमा मनोनित गरेकोमा गैरआवासीय नेपाली संघ मेरिल्याण्डलाई धन्यवाद दिए ।
शाहले प्रवासी नेपालीलाई मातृभूमिसंग जोड्न र गैरआवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरलाई प्रवासी नेपाली मैत्री बनाउन भूमिका निर्बाह गर्ने बताए ।
तपाईको प्रतिक्रिया