Close This

महाकालीमा शुरू भयो व्यावसायिक जलयात्रा, स्थानीयलाई रोजगारी सृजना

शनिबार चैत १०, २०८०/ Saturday 03-23-24
Paschim Today

महाकाली नदीमा व्यावसायिक रुपमा जलयात्रा (र्‍याफ्टिङ) शुरू गरिएको छ ।

No description available.

नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्‍याफ्टिङ सञ्चालन गरिएको हो ।​

भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयुक्त आयोजनामा र्‍याफ्टिङ गरिएको हो ।

उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ ।

No description available.

परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो ।

त्यस्तै कञ्चनपुरको खल्ला मसेट्टीमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भीमदत्तका नगरप्रमुख पदम बोगटीलगायत नाराका अध्यक्ष शिव अधिकारी, पर्यटन व्यवसायीलगायत करिब तीन सय जनाले र्‍याफ्टिङ गरेका थिए ।

No description available.

उक्त कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले महाकाली र्‍याफ्टिङलाई दिगो बनाउन लागिपर्ने उल्लेख गर्दै यसले सुदूरपश्चिमको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार तथा यस क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी मैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार लागिपर्ने बताए । 

No description available.

नाराका अध्यक्ष अधिकारीले र्‍याफ्टिङ सञ्चालन भएसँगै स्थानीयलाई तालिम दिई रोजगार सृजना गर्न सहयोग गर्ने बताए । ुमहाकालीमा विगतमा जल यात्रा शुरू भए पनि चलेको थिएन । अब यहाँ व्यावसायिक रुपमा जलयात्रालाई निरन्तरता दिन्छौुं, उनले भने ।

अध्यक्ष अधिकारीले महाकालीमा सञ्चालित जलयात्राले पर्यटन विकासका साथै दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

No description available.