Close This

बिग बोस बिजेता मुनव्वर फारुकी पक्राउ

बुधबार चैत १४, २०८०/ Wednesday 03-27-24
Paschim Today

नयाँ दिल्ली । भारतीय रियालिटी शो बिग बोस १७ को विजेता मुनव्वर फारुकी पक्राउ परेका छन् ।

मंगलबार अबेर राति मुम्बई प्रहरीको सोशल सर्भिस शाखाले एउटा हुक्का बारमा छापा मारेको थियो । यस क्रममा प्रहरीले स्ट्यान्डअप कमेडियन मुनव्वर फारुकी समेत १४ जनालाई समातेको थियो । प्रहरीले मुनब्बरलाई नोटिस दिएर छाडेको बताइएको छ ।

यसअघि बिग बग ओटीटी २ का विजेता एल्भिस यादव समातिएका थिए । त्यसपछि मुनव्वर पनि विवादमा आएका छन् । बारमा सूर्तीजन्य सामाग्रीको साथमा निकोटिन पनि प्रयोग भइरहेको जानकारी प्रहरीले पाएको  थियो । यसबारे मुनव्वरको तर्फबाट कुनै आधिकारिक विज्ञप्ति आएको छैन । यस मामिलामा प्रहरीले थप छानबिन गरिरहेको छ ।

मुनब्बर विवादमा मुछिएको यो पहिलो पटक होइन । यसअघि सन् २०२१ मा इन्दौरमा एउटा स्ट्यान्ड अप कमेडी इभेन्टको बेलामा भगवान रामबारे असंवेदनशील टिप्पणी गरेपछि उनी पक्राउ परेका थिए । यस मामिलामा ३५ दिनसम्म जेलमा बसेपछि मुनव्वरलाई पक्राउ गरिएको थियो । यो कान्डपछि मुनव्वर अनलाइन ट्रोलिङको शिकार भए भने कयौं शो रद्द गरियो ।