Close This

दक्षिण अफ्रिका : बस दुर्घटनामा ४५ जनाको मृत्यु, आठ वर्षीया बालिका जिवितै भेटिईन

शुक्रबार चैत १६, २०८०/ Friday 03-29-24
Paschim Today

जोहानेसबर्ग, चैत १६ । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ । बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनामा एक जना आठ वर्षीया बालिका जीवित भेटिएकी छन्।


उद्धार कार्यका बारेमा प्रहरीले नियमित अद्यावधि विवरण सार्वजनिक गरिरहेको जनाएको छ । दुर्घटनाका बारेमा यथार्थ विवरण भने सार्वजनिक भइसकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेहरू अधिकांश इसाई समुदायको ईस्टर पर्वका अवसरमा सहभागीहरू रहेका प्रहरीको भनाई छ । उक्त बस अनियन्त्रित भई पुलबाट झण्डै ५० मिटर तल नदीमा खसेर आगो लागेको बिबिसिले उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा