Close This

डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास

सोमबार चैत १९, २०८०/ Monday 04-01-24
Paschim Today

कैलाली । धनगढीमा सम्पन्न डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा शुक्रवार र शनिवार डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम आयोजना गरिएको थियो । 

सुदूरपश्चिम प्रदेशका सबै जिल्ला ३० जनाको हाराहारीमा पत्रकारहरू तालिममा सहभागी थिए । उनीहरूले तालिमले डाटा पत्रकारितामा ठुलो सहयोग गर्ने विश्वास व्यक्त गरे । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा तालिमको आयोजना गरिएको थियो । शुक्रवार तालिम उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पनि अब डिजिटल पत्रकारिताको प्रारम्भ गर्नु सुझाव दिएका थिए । 

समापन सत्रमा पत्रकार महासंघ केन्द्रीय सदस्य भरत शाहले तालिममा सिकेका विषयहरूलाई कार्यान्वयन गर्न सहभागीहरूलाई सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले  डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन तालिम आजको आवश्यकता रहेको हुँदा यस प्रकारको तालिम पहिलो पटक गरिएको  बताए । उनले यस प्रकारको तालिमले पत्रकारितामा निकै सहजता ल्याउने बताए ।

प्रदेशका निवर्तमान अध्यक्ष अर्जुन शाहले डिजिटल मिडिया सम्बन्धी ज्ञान सबै पत्रकारलाई आवश्यक रहेको बताए । 

तालिमको प्रशिक्षक अरुण कार्की पत्रकारहरूले डिजिटल मिडिया र तथ्याङ्क व्यवस्थापन गर्न सक्ने पत्रकारहरूको सम्भावना बढी रहेको भन्दै त्यसतर्फ लाग्न पनि सुझाव दिए ।

कार्यक्रमको सहजीकरण महासचिव रामसिंह ठगुन्नाले गरेका हुन् ।  सुदूरपश्चिमै पहिलो पटक आयोजना गरिएको तालिम निकै प्रभावकारी ठहर भएको तालिम संयोजक हरि जोशीले बताए ।