Close This

रोकिएन फडानी, अवैध काठ बरामद 

सोमबार चैत १९, २०८०/ Monday 04-01-24
Paschim Today

कैलालीमा बन फडानी नरोकिएको देखिएको छ । स्रोतका अनुसार बन कर्मचारीहरुकै सेटिङमा कैलालीका विभिन्न क्षेत्रमा बन फडानी भइरहेको छ । 

ठुलो मात्राका काठ तस्करी हुँदा र प्रहरीले त्यसलाई नियन्त्रणमा लिँदा केही कर्मचारी तथा केही सामुदायिक बनको पनि मिलेमतो हुने गरेको देखिएको प्रहरी स्रोतको दाबी छ ।

यसैबिच जिल्लाको धनगढी उपमहानगरपालिका—१७ पथरी बस्ने ५९ वर्षीय रामप्रसाद चौधरीको घरको आँगनमा डल्लबमा लोड गरी राखेको सालको गोलिया थान–१ (१८ क्युफिट) अवैध काठ प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको छ ,

प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी गस्ती टोलीले डल्लबमा लोड गरी राखेको अवस्थामा उक्त अवैध काठ फेला पारी कारबाहीको लागि चौधरीसहित काठ र डल्लबलाई प्रहरीले सब डिभिजन वन कार्यालय फूलबारीको जिम्मा लगाएको छ।