Close This

कमैयाको छोरा हुँ, पुनर्स्थापना कार्यविधि ल्याउँदा खुसी छु : मन्त्री चौधरी

बुधबार चैत २१, २०८०/ Wednesday 04-03-24
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले हालै प्रदेश सरकारले ल्याएको मुक्तकमैया, हलिया कमलरी पुनर्स्थापना कार्यविधिले पुनस्र्थापनका ढोका खोलेको बताएका छन् ।

 

 

मंंगलबार कैलालीको लम्कीमा आयोजित मुक्तकमैया, हलिया कमलरी पुनर्स्थापना कार्यविधि जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । योसँगै स्वरोजगारीलगायत वृद्धि विकासको कार्यक्रम अगाडि बढ्ने उनले बताए ।

वर्षौदेखि कमैया पुनर्स्थापनाको कार्यक्रम रोकिएको बताउँदै उनले प्रदेश सरकारले ल्याउन लाग्दा पनि विरोध भएको बताए । आफूले अर्थ मन्त्री र कानुन मन्त्रीलाई थर्काएपछि बल्ल कार्यविधि अगाडि बढेको जिकिर समेत गरे ।

त्यस्तै मन्त्री चौधरीले आफू पनि कमैयाको छोरा रहेको बताउँदै कार्यविधि ल्याउँदा पाउँदा खुसी समेत व्यक्त गरे ।

चैत्र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि पारित गरेको थियो । कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लास्थित ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लास्थित हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको हो ।