Close This

दुखको नाममा पाखण्ड मात्रै 

बुधबार चैत २१, २०८०/ Wednesday 04-03-24
Paschim Today

केही दिन अगाडिबाट एउटा भिडियो निक्कै चर्चामा छ, जसमा जिउँदो बाख्रालाई आगोमा हालिएको देख्न सकिन्छ । उक्त भिडियो धेरैले सामाजिक सञ्चारमा शेयर गरेर दुख व्यक्त गरेको पनि देखियो । 
तर हामी सबैलाई राम्रोसँग थाहा छ, हामी मध्य धेरैले खाने र देशभर एकै दिनमा लाखौँको सङ्ख्यामा काटिने कुखुरालाई हाम्रै अगाडि जिउँदै तातो पानीमा हालिन्छ र हाम्रो भान्साका लागि तयार गरिन्छ । अनि त्यसैलाई हामी स्वादिष्ट मान्दै खान्छौँ र प्रोटिनका लागि खाएको ढोँग गर्छौँ । जिन्दगीभर कहिले शरीरका लागि सन्तुलित आहार नखानेहरू पनि जनावरको मासु खान लाग्दा प्रोटिनको लागि खाएको पाखण्ड गर्छन् ।
यो कुरा अवश्य हो कि मासुमा प्रोटिन पाइन्छ । तर स्पष्ट बुझ्नुपर्ने कुरा मासुमा पाइनेभन्दा बढी प्रोटिन अन्य शाकाहारी स्रोतबाट सजिलै प्राप्त गर्न सकिन्छ । हामी आफ्नै घरमा आफ्नै अगाडि काटिएका बाख्रा, कुखुरा, राँगा, भैँसी र हामीले आफैँले या आफ्नै आँखा अगाडि जङ्गलमा तड्पाएर मारिएका विभिन्न जङ्गली जनावरहरूको मासु हामी दुख नमानी खान्छौँ । 
कहिले सोच्नुभएको छ हामी भिडियोमा मारिएको जनावर देखेर समेत दुख व्यक्त गर्नेहरू आफ्नै टोल र घरमा कुनै जनावर काट्नेभन्दा किन खुसी हुने गर्छौँ रु
यसको मसँग भएको एउटै जवाफ हो, ुस्वादले लुकाएको दुःख ।ु सामान्य बाटोमा हिँड्दा कमिलादेखि अन्य स(साना जीवलाई पनि बचाएर हिँड्न खोज्ने हामीहरू त्यत्रो जनावर नै काटिएको देख्दा हामीलाई खुसी बनाउने जिब्रो स्वाद बाहेक अरू केही हुन सक्दैन । 
दैनिक रूपमा आफ्नै अगाडि यति धेरै जनावर माथि भएको हिंसा नजरअन्दाज गरेर कहिलेकाहीँ सामाजिक सञ्चालनमा भेटिएका एक दुई वटा भिडियो देखेर हामी निकै भावुक भएको महसुस गर्छौँ । वास्तविकता एकातिर छोडेर भावना मात्रै बग्नु त्यति उचित सायद होइन कि रु 
बाँकी तपाईँको तर्क फरक होला । किनकि जब स्वादको कुरा आउँछ, विद्वान पनि बुद्धिलाई पर कुनामा राखेर तर्क गर्न थाल्छन् । त्यसपछि उनीहरूको बुद्धिसँग होइन स्वादसँग तर्क गर्नुपर्ने हुन्छ । यदि बुद्धिसँग तर्क गरे त साँचो कुराभन्दा मान्छेले विश्वास पनि गर्थे होलान् । 
तर जब स्वाद र आम्दानीसँग तर्क गर्नुपर्ने हुन्छ, त्यसपछि देखिन थाल्छ विद्वान भनिएकाहरूको पाखण्डको पराकाष्ठा ।
अन्तमा म यति भन्न चाहन्छु, परिवर्तन हामीले नै गर्नु छ । हरेकको आफ्नै विगत र वर्तमान थियोरछ । तर, यदि यस्ता भिडियो देख्दा दुख लाग्छ भने सुरुवात आफैँबाट गरौँ । अबबाट शाकाहार भोजन मात्रै खाने प्रण गरौँ । 
एक जनाले सुरुवात गरे के हुन्छ भन्नुहोला, तर कृष्ण एउटै थिए, बुद्ध एउटै थिए, जिसस एउटै थिए, लि व्कान यू एउटै थिए, सुकरात एउटै थिए, पृथ्वीनारायण एउटै थिए, एडिसन एउटै थिए, ग्राह्म्बेल एउटै थिए । परिवर्तनका लागि एक या दुई टाउकाको सङ्ख्या भन्दा पनि इच्छाशक्ति चाहिन्छ ।

गिरिजा प्रसाद पनेरू, धनगढी 
अध्ययनरत, कैलाली बहुमुखी क्याम्पस, बीए, तेस्रो सेमेस्टर