Close This

७३ मेगावाटको मध्य-तमोर आयोजनाबाट विद्युत् उत्पादन

शनिबार बैशाख ८, २०८१/ Saturday 04-20-24
Paschim Today

काठमाडौं । ७३ मेगावाटको मध्य-तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । सानिमा समूहअन्तर्गत निर्माण भएको मध्य(तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् २२० केभी कोशी कोरिडोर प्रसारण लाइनमा प्रवाह भएको छ । यससँगै १४७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

निकट भविष्यमै जुम हाइड्रोसमेत जोड्दा सानिमा समूहद्वारा निर्मित आयोजनाको क्षमता दुई सय तीन मेगावाट पुग्नेछ । उत्पादित विद्युत् १५ दिन नेपाल प्राधिकरणलाई निस्शुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोसी करिडोरमा जोडिएको आयोजनाले जानकारी दिएको छ ।