Close This

अब ह्वाट्सएपमा इन्टरनेट बिनै फोटो र फाइल पठाउन सकिने

मंगलबार बैशाख ११, २०८१/ Tuesday 04-23-24
Paschim Today

काठमाडौँ । हालैका दिनमा म्यासेजिङ एप ह्वाट्सएपले एक पछि अर्को गर्दै फिचरहरुमा काम गरिरहेको छ । एपले अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने फिचरमा काम गरिरहेको छ ।  यस नयाँ फिचरबारे लिक रिपोर्टहरू आइरहेका छन् । यो फिचर रिलिज भएपछि फोटो, भिडियो, म्युजिक र डकुमेन्ट अफलाइन पनि सेयर गर्न सकिने बताइएको छ ।

यस नयाँ फिचरको जानकारी ह्वाट्सएपको फिचर ट्र्याक गर्ने वाभेटाइन्फोले दिएको हो । इन्टरनेट नभएको अवस्थामा शेयर गरिएका फाइलहरू पनि इन्क्रिप्टेड र सुरक्षित हुने दाबी आफ्नो रिपोर्टमा वाभेटाइन्फोले गरेको छ । नयाँ फिचरको स्क्रिनसट पनि सार्वजनिक गरिएको छ ।

ह्वाट्सएपको यो आगामी फिचर अहिले बिटा परीक्षणमा रहेको बताइएको छ । नयाँ सुविधा एन्ड्रोइडको नियरबाई ९क्विक शेयर०प्रणालीमा काम गर्नेछ । यसको ब्लुटूथको सहायताले नजिकै रहेका दुई डिभाइसबीच फाइलहरू शेयर गर्न कनेक्शन बनाउँछ ।

यो फिचरको लागि तपाईले ह्वाट्सएपलाई आफ्नो फोटो ग्यालरीमा पहुँच दिनु पर्नेछ भने लोकेशनबारे जानकारी राख्न पनि अनुमति दिनु पर्नेछ । ह्वाट्सएपमा आउन लागेको यो फिचरले एप्पलको एयरड्रप, सेयरआईटी र गुगलको क्विक सेयर जस्तै काम गर्नेछ । यस प्रविधिमा, फाइलहरू सेलुलर इन्टरनेट र वाईफाई बिना साझेदारी शेयर गर्न सकिन्छ ।