मिस्टर एण्ड मिस नेशनलको फाइनलमा पुगे सुदूरपश्चिमका दीपक
धनगढी । मिस्टर एण्ड मिस नेशनल नेपाल २०२४ का प्रतिस्पर्धी सुदूरपश्चिमका दीपक जोशी कान्छा फाइनलमा प्रवेश गरेका छन् । इन्जिनियरिङ समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएका जोशी उपाधीकालागि अन्तिम चरणमा प्रवेश गरेका हुन । फाइनलिस्टमा चयन भएपछि खुसी व्यक्त गर्दे आफूलाई हौसला दिने सबैलाई धन्यवाद दिएका छन् । प्रतियोगी नम्बर २ का रूपमा रहेका जोशीले उपाधिका लागि भोटिङ सुर भइसकेकाले सम्पूर्ण सुदुरपश्चिमेलीहरुलाई भोट गरी दिन समेत अपिल गरेका छन्
'भोटिङ सुरु भइसकेको छ, त्यसैले मलाई सुरक्षित गर्नमा तपाईँहरूको सहयोगको अपेक्षा राखेको छु । । मतदानको चरण जितेको खण्डमा मतदानको कुल संख्या गणना गरि त्यति संख्यामा रूखहरू रोप्ने तयारीमा छु । मलाई सबैले भोट गरिदिनु हुनेछ भन्ने विश्वास गरेको छु' उनले भने ।
जोशी पेसाले इन्जिनियर हुन । उनले सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेका छन् ।
कसरी गर्ने भोट ?
१. khalti एप्लिकेशन डाउनलोड गर्नुहोस् ।
२. मतदान विकल्पहरूमा जानुहोस् ।
३. मिस्टर नेशनल नेपाल २०२४ चयन गर्नुहोस् ।
४. प्रतियोगी सङ्ख्या २ (दीपक जोशी कान्छा) चयन गर्नुहोस् ।
५. विकल्प चयन गरेर वा म्यानुअल नम्बर प्रविष्ट गरेर आफ्नो मत गर्नुहोस् ।
तपाईको प्रतिक्रिया