Close This

टीकापुरमा लागुऔषधसहित दुई जना पक्राउ

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ भुपु कमैया शिविर टोलका २५ वर्षीय विकास चौधरीसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। १ ग्राम ४ सय मिलिग्राम लागुऔधसहित शनिबार दिउँसो प्रहरीले दुबै जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको हो।