Close This

आधा पनि खसेन बझाङमा मत, तीन केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याएर भोलीबाट गणना सुरु गरिने

शनिबार बैशाख १५, २०८१/ Saturday 04-27-24
Paschim Today

कैलाली ।  बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा झन्डै आधा मत खसेको छ ।
यहाँ ६१ हजार ७ सय ६८ मतदाता रहेकोमा  ३० हजार ३ सय २८ मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार ४९.१२ प्रतिशत मत खसेको छ ।
बझाङमा  ९३ मतदान केन्द्र र ७४ मतदान स्थल तोकिएका थिए । सबैमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए ।  उनका अनुसार अहिले मत पेटिका ल्याउने काम भइरहेको छ । साइपाल गाउँपालिका– वडा नम्बर ३,४,५  बाहेक अरू वडा र स्थानीय तहका मतपेटिका मतगणना स्थल सदरमुकाम चैनपुर तर्फ लिने काम भइरहेको छ । ती तीन वडाको मत पेटिका भोली हेलिकप्टर मार्फत ल्याइने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए
मतपेटिका आएपछि सर्वदलीय बैठक बस्ने र भोली दिउसोबाटै मतगणना सुरु गर्ने तयारी भएको उनले बताए । बझाङमा ११ जना चुनावी मैदानमा छन् । उनीहरु मध्ये कांग्रेस र एमाले बिच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।