Close This

वेस्ट इन्डिज ‘ए’ विरुद्ध सागर ढकालले लिए एकै ओभरमा दुई विकेट

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

काठमाडौं : वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। नेपालका सागर ढकालले वेस्ट इन्डिजका उपकप्तान एलिक अथान्जे र जोनसन चार्ल्सलाई आउट गराएका हुन्। २.२ ओभरमा अथान्जे ढकालको बलबाट कुशल मल्लले क्याच आउट गराएका हुन्। २.५ ओभरमा चार्ल्स भने बोल्ड आउट भएका हुन्। वेस्ट इन्डिज ‘ए’ले २ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १८ रन बनाएर खेलिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेको हो। आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेल्न लागेको हो। शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। जवाफि ब्याटिङ गर्दा नेपालले ६ विकेटको क्षतिमा १९.४ ओभरमा लक्ष्य भेटेको हो।

नेपाल र वेस्टइन्डिज ‘ए’बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।