Close This

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर, मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको हो ।

गत सोमबार पनि न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको हो । काठमाडौं जिल्ला अदालतले गौशाला २६ ९छ०लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै ८ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।