Close This

बझाङमा एमालेलाई उछिन्दै कांग्रेसको अग्रता

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

बझाङ, १७ बैशाख ।

प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अभिषेक सिंहले अग्रता बनाएका छन् । सुरुवाती चरणमा अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमन भण्डारीलाई पछि पार्दै सिंहले अग्रता बनाएका हुन् ।

छविसपाथिभेरा,जयपृथ्वी नगरपालिका, खप्तड छान्ना र सुर्मा गाउँपालिका सबै तथा थलराको ९ नम्बर वडाको गणना गर्दा सम्म कांग्रेस उम्मेदवार सिंहले २४९ मतले अग्रता बनाएका छन् ।

अहिलेसम्म कांग्रेस उम्मेदवार सिंहले ७ हजार ४८८ मत पाउँदा एमाले उम्मेदवार भण्डारीले ७ हजार २३९ मत पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले २ हजार ८९४ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २हजार १०२ मत पाएका छन् ।