युगान्डामा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाद्धारा रक्तदान

बैशाख १६, (कम्पाला) युगान्डा ।
गैर आवासीय नेपाली संघ युगान्डाद्धारा ब्लड बैंक युगान्डासंग सहकार्यमा कम्पालामा आईतवार आयोजित रक्तदान कार्यक्रममा १०९ जनाले रक्तदान गरेका छन् ।
युगान्डाको राजधानी कम्पालामा अवस्थित युगान्डाका लागि नेपाली मानार्थ बाणिज्य दुत डा. सुधिर रुपारेलियाको कम्पाला प्यारेन्ट्स स्कुलमा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाल रक्तदान गरेका हुन्।
एनआरएनएकै सबैभन्दा कान्छो उमेरमा नेतृत्व गरिरहेकी गैर आवासीय नेपाली संघ युगान्डाकी अध्यक्ष रमा अर्यालबाट शुरु गरिएको रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष बिनोद थापा, पूर्व बरिष्ठ उपाध्यक्ष धनराज गिरी, पूर्व सह-कोषाध्यक्ष कल्पना अर्याल, लगायत वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरी, महासचिव राजु थापा , कोषाध्यक्ष मालती राना, युवा संयोजक मुकेश मेहता, हस्तबहादुर थापा, नारायण बोहोरा, बिणा थापा, रबिन्द्र थापा, राजेश कंडेल, गोकर्ण श्रेष्ठ लगायत नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमलाई नरेन शर्मा, बिणा थापा, मालती राना, मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेष्टुरेन्ट, हिमालयन रेष्टुरेन्ट, नेपालय रेष्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली बाणिज्य दुत डा.सुधीर रुपारेलिया, एस.आर.सलुन लगायतले प्रायोजन गरेका थिए ।
तपाईको प्रतिक्रिया