Close This

३० हजार भोट खसेको बझाङमा ६ दलले ५० मत पनि पाएनन्

सोमबार बैशाख १७, २०८१/ Monday 04-29-24
Paschim Today

कैलाली । ११ हजार ३१३ मत ल्याएर बझाङमा एमाले उम्मेदवार दमन भण्डारी निर्वाचित हुँदा यहाँका ६ दलले ५० मत पनि पाउन सकेनन् । ६१ हजार ७ सय ६८ मतदातामध्ये ३० हजार ३ सय २८ जनाले मतदान थिए । ती मध्ये २९ हजार ७०४ मत सदर भएको थियो ।

सदर भएको मत मध्ये सबै भन्दा धेरै एमालेले पाउँदा सबै भन्दा कम नेसनल रिपब्लिक नेपाल पार्टीले पायो । उडिरहेको माहुरी चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका कमल घर्ती मगरले २ मत मात्रै पाए ।

नेपाल मजदुर किसान पार्टीका खगेन्द्र खगेन्द्र बहादुर शाहीले २४ मत पाउँदा जनमत पार्टीकी सुशीला देवी विष्टले २६ मत पाइन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपक बहादुर खड्काले २८ मत पाउँदा राष्ट्रिय मातृभूमि पार्टीमा गजेन्द्र बहादुर थापाले ३५ मत पाए । बझाङ उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामबहादुर जाग्रीले ४४ मत पाए ।

११ दलका उम्मेदवार मध्ये विजयी भएको एमाले दोस्रो भएको कांग्रेस र तेस्रो स्थानमा रहेको माओवादी बाहेक सबैको जमानत जफत भएको छ ।