Close This

जब हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखे...

मंगलबार बैशाख १८, २०८१/ Tuesday 04-30-24
Paschim Today

काठमाडौं । इजरायल–हमास युद्धको बीचमा एक इजरायली युवतीले हमासका लडाकुले आफूसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् । टाइम्स अफ इजरायलसँगको कुराकानीमा १८ वर्षीया नोगा वेइसले यस्तो बताएकी हुन् । उनलाई गत वर्ष गाजामा हमासले ५० दिनसम्म बन्दी बनाएको थियो ।

सो समयमा एक हमास लडाकुले उनीसँग विवाह गर्ने इच्छा व्यक्त गरेका थिए । नोगाले टाइम्स अफ इजरायलसँग भनिन्, ‘कैदको १४औं दिनमा ती लडाकुले औँठी दिए र सबैलाई रिहा गरिदिन्छु । तर, तिमी यहाँ मसँग बस्नुपर्छ र हाम्रो सन्तान जन्माउनु पर्नेछ भनेर प्रस्ताव राखेका थिए ।’

ती लडाकुले नोगालाई विवाहको बारेमा जवाफ मागे र हाँसे । र, टाउको हल्लाए ​​किनकि उसलाई लाग्यो कि यदि जवाफ आएन भने उसलाई गोली हानेर मारिनेछ । तर, नोगाले जवाफ दिइनन् । त्यसपछि उनी रिहा भइनन् ।

अन्य लडाकुहरूले पनि हर सम्भव प्रयास गरे नोगालाई मनाउन । ती लडाकुका साथीहरूले नोगालाई धेरै माया गर्ने र विवाह गर्न उक्साउँथे । पछि नोभेम्बर २०२३ मा ४ दिने युद्धविराममा नोगा रिहा भएकी थिइन् । नोगाले आफ्नी आमालाई हमास लडाकुको सो प्रस्तावले आफू धेरै डराएको बताइन्।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा प्रवेश गरी १ हजार २ सय जनालाई मारे भने २ सय ३४ जनालाई बन्धक बनाएका थिए । युद्ध अहिले पनि जारी छ ।