भारतमा दुर्घटनामा परी कञ्चनपुरका जोशीको मृत्यु
बिहीबार बैशाख २०, २०८१/ Thursday 05-02-24
Paschim Today
धनगढी : भारतको ब्याङ्लोरमा सवारी दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका(२ का ५२ वर्षीय गुणानन्द जोशी रहेका छन ।
रोजगारीको सिलसिलामा ब्याङ्लोर पुगेका जोशीको दुर्घटनामा मृत्यु भएको हो । उनको शव ब्याङ्लोरकै एक अस्पतालमा राखिएको छ ।
तपाईको प्रतिक्रिया