Close This

शिक्षकको राजनीतिक आबद्धता खोजिँदै

बिहीबार बैशाख २०, २०८१/ Thursday 05-02-24
Paschim Today

डडेलधुरा । सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकको राजनीतिक पार्टीगत आबद्धता खोज्न थालिएको छ । पेसाभन्दा राजनीतिमा क्रियाशील शिक्षकलाई कारबाही गर्नका लागि पार्टीगत आबद्धतासहितको विवरण मागिएको जनाइएको छ । 

शिक्षा विकास तथा समन्वय एकाइले राजनीतिक दलको सदस्यता लिएका, कार्यकारिणी समितिमा रहेका र महाधिवेशन प्रतिनिधि भएका शिक्षकरकर्मचारीको विवरण मागेको हो । यस जिल्लाका सात वटै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखालाई पत्राचार गरी शिक्षकरकर्मचारीको विवरण माग गरिएको समन्वय एकाइ प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएपछि विवरण माग गरिएको हो । पालिकाले परिपत्रको कार्यान्वयन गर्ने छ भन्ने विश्वासका साथ विवरण माग गरिएको उनले स्पष्ट पारे । 

शिक्षक तथा कर्मचारीको विवरण प्राप्त भइसकेपछि कारबाहीका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०८१ वैशाख ४ को मन्त्रीस्तरीय निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको राजनीतिक पार्टीगत आबद्धता र सक्रियताका सम्बन्धमा अनुसन्धान गरेर कारबाही गर्न ७७ वटै एकाइलाई निर्देशन दिएको थियो । 

राजनीतिक दलमा संलग्न शिक्षक तथा कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ को प्रावधान अनुसार उच्च अदालत पाटनको रिट नम्बर २०७८–०४०८, निर्णय नम्बर ३३६ मा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ ९ङ० को उपदफा ९५० को खण्ड ९छ० मा रहेको कानुनी व्यवस्था कार्यान्वयन गर्नु गराउनु शिक्षा मन्त्रालयको नाममा परमादेश जारी गरेको थियो ।

यस्तै शिक्षा एकाइ कार्यालयलाई पनि राजनीतिक दलमा आबद्ध शिक्षकरकर्मचारीलाई पदबाट हटाई त्यसको जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिइएको छ । जिल्लामा २५१ सामुदायिक विद्यालय छन् ।

शिक्षकहरू राजनीतिक पार्टीको सक्रिय कार्यकर्ता बन्न थालेपछि विद्यालयमा नियमित पठनपाठन नहुँदा सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किएको आरोप अभिभावकको छ । उक्त विद्यालयमा करिब एक हजार दुई सय शिक्षकरशिक्षिका र कर्मचारी कार्यरत छन् । तीमध्ये अधिकांश विभिन्न राजनीतिक दलका शिक्षक सङ्गठनमा आबद्ध छन् । 

नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घ, नेकपा ९एमाले० निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेकपा ९माओवादी केन्द्र० निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्घलगायतका शिक्षक सङ्घरसङ्गठन क्रियाशील छन् ।