Close This

पत्रकार पौडेल प्रेस स्वतन्त्र सेनानीबाट सम्मानित

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24
Paschim Today

कैलाली । अढाई दशकदेखि सक्रिय पत्रकारितमा रहेका सुदूर सन्देश पत्रिका तथा अनलाइनका प्रधान सम्पादक हेमन्त पौडेल प्रेस स्वतन्त्र सेनानीबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहालले पौडेललाई प्रेस स्वतन्त्र सेनानीबाट सम्मान गरेका हुन् ।

मोफसलमा पत्रिका वितरकदेखि सञ्चार उद्यमीसम्मको यात्रा गरेका पौडेलको सुदूरपश्चिमको पत्रकारितामा अहम् भूमिका रहेको छ । 

सम्मान ग्रहण पछि पत्रकार पौडेलले मर्यादित पत्रकारितालाई अझै अगाडि बढाउने जनाए । स्रोत साधनका बिचमा पौडेलले थालेको पत्रकारिता नयाँ पुस्ताको लागि पनि प्रेरणाको स्रोत बनेको छ ।