Close This

डडेल्धुरामा  ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

आइतबार बैशाख २३, २०८१/ Sunday 05-05-24
Paschim Today

कैलाली ।  डडेल्धुरामा  ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने थप २ जना घाइते भएका छन् । 

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । ट्याक्टर दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको छ। धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार हुँदै छ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको ट्याक्टर शनिवार राति करिब साढे १० बजे दुर्घटना भएको हो।