Close This

हमाल धनगढीबासीलाई सुकुम्वासी बनाउने दिशामा छन्: निवर्तमान मेयर ओड

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24
Paschim Today

कैलालीको धनगढी उप–महानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर ओडले वर्तमान मेयर गोपाल हमालले धनगढी बासीलाई सुकुम्वासी बनाउन खोजेको बताएका छन् । ताल क्षेत्रमा भएका संरचनामा चलेको डोजरबारे सञ्चारकर्मीले लिएको प्रतिक्रियामा उनले यस्तो बताएका हुन ।

वर्तमान मेयर गोपाल हमालले आफूले नभई पूर्व मेयर नृपबहादुर ओडले २०७४ सालमा अतिक्रमण खाली गर्ने भनी गरेको निर्णयका आधारमा संरचनामा डोजर चलाएको प्रतिक्रिया सार्वजनिक रुपमा दिदै आएका छन् । तर संचारकर्मीकोे प्रश्नमा पूर्व मेयर ओडले भने ताल क्षेत्र संरक्षण गर्ने निर्णय गरिएको भए पनि हचुवाको भरमा जनतालाई सुकुम्वासी बनाउने निर्णय नभएको बताएका छन् ।

“सरकारले गर्ने भनेको नीतिगत निर्णय हो । त्यो निर्णय भनेको जनतालाई कुनै किसिमको दुःख नदिने खालको हुनुपर्छ भन्ने मान्यता हो । अहिले भए भरका ताल क्षेत्रबाट जनतालाई विस्थापित गरिँदै छ । त्यो भन्दा अघि सूक्ष्म ढंगले अध्ययन सहित त्यहाँ बसेका र पूर्ण रूपले विस्थापित हुने अवस्थाका जनतालाई व्यवस्थित गर्न सक्ने परिस्थिति के हो भन्ने कुरा बुझ्न जरुरी छ की छैन ? अर्को कुरा के भने जुन कामले विवादित बनाउने अवस्था छ त्यो पूर्व मेयरले गरेको काम हो भन्नु हुन्छ । पूर्व मेयरले गरेको राम्रो काम जुन छ । युट्युब ल्याएर त्यो आफूले गरेको भन्नु हुन्छ ।” उनले भने ।

मानिसलाई खान लगाउन समस्या भइरहेको वर्तमान अवस्थामा र सरकारले सुकुम्वासीलाई जग्गा धनी बनाउने तिनी अघि सारेको अवस्थामा धनगढीले अतिक्रमण हटाउने नाममा जनतालाई सुकुम्वासी बनाउने काम गर्न नहुने उनको बुझाई छ ।

उनले अघि भने,... “अहिलेका मेयर साबले तालमा बसेकालाई मात्रै होइन सम्पूर्ण धनगढी बासीलाई सुकुम्वासी बनाउन खोज्नु भाछ । यसको तथ्य के हो भने, धनगढीका एक लाख बढी मानिसले ७ धुर जग्गा किनेर बसेका छन् । उहाँले १० मिटरको बाटो पास गरेर अघि बढ्नु भाछ । १० मिटरको बाटो बनाएपछि ७ धुरको मान्छे कहाँ जान्छ ४ धुरमा ? ४ धुरमा पालिकाले नक्सा पास गर्दैन । भनेपछि ती मान्छे सुकुम्वासी भए की भएनन् ?”