Close This

गृह सचिव नेतृत्वको टोली दार्चुलाको ब्यासमा

मंगलबार बैशाख २५, २०८१/ Tuesday 05-07-24
Paschim Today

दार्चुला — गृह मन्त्रालयका सचिवसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू भ्रमणको सिलसिलामा दार्चुला पुगेका छन् । मंगलबार बिहानै हेलिकप्टरबाट गृह सचिवसहित सुरक्षा प्रमुखको टोली दार्चुला पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा यहाँ आइपुगेका छन् ।

अहिले गृह सचिव नेतृत्वको टोली त्रिदेशीय सीमा क्षेत्र ब्यासतर्फ प्रस्थान गरेको प्रजिअ जोशीले बताए । टोलीले ब्यास गाउँपालिका–१ छाङ्‌रू र तिंकरमा स्थापना गरिएका सुरक्षाकर्मीहरूका पोस्ट भवनहरूको निरीक्षण अनुगमन गर्नेछ ।