Close This

एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

बुधबार बैशाख २६, २०८१/ Wednesday 05-08-24
Paschim Today

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोरखा फुटबल सङ्घका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार निवेदन दिएका हुन् ।

‘अखिल नेपाल फुटबल संघ (एन्फा) मा भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितताले पराकाष्ठा नै नाघेको छ’, अख्तियारमा दिएको निवेदनमा खत्रीले भनेका छन्, ‘विधान, आर्थिक नियमावली र आर्थिक कार्यविधि विपरीत कामको सीमा नै छैन ।’ 

उनले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीले एन्फालाई करिब १ करोड हाराहारी हानी नोक्सानी पुर्‍याएको दाबी गरेका छन् । निवेदनमा कार्यसमिति वैठकमा निर्णय नै नगराई खेलकुद ऐनमा भएको व्यवस्था सम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले दिएको नीति निर्देशन समेतलाई लत्याउँदै १० जना अतिरिक्त पदाधिकारीहरू बहराइन भ्रमण गराई संघलाई हानी नोक्सानी गरेको उल्लेख छ ।