Close This

मुख्यमन्त्री कार्कीको शपथ आजै हुने

बिहीबार बैशाख २७, २०८१/ Thursday 05-09-24
Paschim Today

काठमाडौं । कोशीको मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मत कार्कीको शपथ ग्रहण आजै हुने भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुअघि पत्रकारहरू समक्ष आजै उनलाई नियुक्त गर्न लागेको र शपथ पनि आजै गराइने बताएका थिए ।

बिहीबार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । उनले एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।