Close This

बझाङ उपनिर्वाचनबाट निर्वाचित भण्डारीले लिए शपथ

बिहीबार बैशाख २७, २०८१/ Thursday 05-09-24
Paschim Today

कैलाली । बझाङ उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै भण्डारी निर्वाचित भएका थिए । भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । शपथ ग्रहण पछि उनले प्रदेशको सुशासन र विकासमा कटिबद्ध भएर लाग्ने प्रतिक्रिया दिएका थिए ।