एक्सीसकी प्रिन्सिपल पन्तलाई ‘आईकन अफ’ सुदूर पश्चिम अवार्ड प्रदान

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

धनगढी, २८ बैशाख ।
नेपाल युवा परिषदले एक्सीस विद्याश्रमकी प्रिन्पिसल अनिता पन्तलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरेको छ ।

नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा प्रिन्सिपल पन्तलाई शिक्षा क्षेत्रको तर्फको आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको हो ।

प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले प्रिन्सिपल पन्तलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरे ।

बिहीवार शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पु¥याउने व्यक्तिहरुलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

सम्मेलनमा पत्रकारिता बिधा तर्फ दीर्घराज  उपाध्याय, सामाजिक अभियन्ताका रुपमा सुदूर पश्चिम प्रदेशमा सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूर पश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

त्यस्तै बन्यजन्तु संरक्षक एवं अनुसन्धानकर्ताका रुपमा धिरेन्द्र बहादुर चन्दलाई, महिला उद्यमशिलता तर्फ सरिता बुढामगरलाई, रैथाने एवं जैविक खेती तर्फ अभिमन्यु चौधरीलाई आईकन अफ सुदूर पश्चिम अवार्ड प्रदान गरिएको थियो ।

नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले समाजका बिभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिहरुको कामको मूल्यांकन गरेर परिषदले सम्मान गर्दै आएको बताए ।
नेपाल युवा परिषदका सुदूर पश्चिम संयोजक बसन्ती सापकोटाको अध्यक्षतामा सञ्चालित सम्मेलनका सुदूर पश्चिमका नौ जिल्लाका युवाहरुको सहभागिता रहेको छ ।