Close This

२४ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४० करोडको कारोबार

सोमबार बैशाख ३१, २०८१/ Monday 05-13-24
Paschim Today

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २४।३९ अंकले बढेर १९९८.८९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.६६ अंकले बढेर ३५६।६५ विन्दुमा कायम भएको छ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब १५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३२० स्क्रिप्सको ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड  ८६ लाख ८ हजार १५७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा बढी हो।

दोहोरो अंकले बढेको सेयर बजारमा चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नारायणी डेभलपमेन्ट बैंक,समाज लघुवित्त वित्तीय संस्था,माण्डु हाइड्रोपावर र सृजनशील लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

हिमालयन उर्जा विकास कम्पनीको सेयर ९।९८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो। 
यसैगरी सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २८ करोडको सेयर कारोबार हुँदा कर्णाली डेभलपमेन्टको ९ करोड,पोखरा फाइनान्स र कुमारी बैंकको ६र६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

५ वटा समूहको उपसूचक घट्दा ८ वटाको उपसूचक भने सकारात्मक देखिएका छन्।  यसदिन बैंकिङ समूहको उपसूचक सर्वाधिक ३।२१ प्रतिशतले बढ्यो। कारोबारमा आएका स्टकमध्ये १४८ वटाको मूल्य बढ्दा ८५ वटाको घट्यो भने ११ वटाको मूल्य भने स्थिर रह्यो।