Close This

धनगढीमा पाँच दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24
Paschim Today

धनगढी, २ जेठ ।
प्रहार नेपाल इभेन्ट म्यानेजमेन्ट एण्ड ट्रेनिङ इन्स्टिच्युटको आयोजनामा धनगढीमा पाँच दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।

प्रमुख अतिथि सामाजिक बिकास मन्त्रालयका सचिव चक्रपाणी पाण्डेले मंगलवार तालिमको उद्घाटन गरे ।
पाण्डेले आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिमले महिलाहरुलाई आत्मरक्षाका लागि आत्मविश्वास जगाउने विश्वास व्यक्त गरे ।

महिलाहरुको आत्मरक्षा, सशक्तिरकण र उनीहरुमा आत्मविश्वास जगाउन यस्ता तालिमहरु आवश्यक भएको बताउदै सचिव पाण्डेले तालिम सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

प्रहार नेपाल इभेन्ट म्यानेजमेन्ट एण्ड ट्रेनिङ इन्स्टिच्युट प्रबन्ध निर्देशक प्रकाश कुमार चन्दले महिलाहरुमा आत्मसुरक्षाका लागि आत्मविश्वास जगाउन आत्मरक्षा तालिम सञ्चालन गर्दै आएको बताए ।

चन्दले तालिममा सुदुरपश्चिमका  नौ जिल्लाका पाँच पुरुष र ३५ महिला समेत गरी ४० जनाको सहभागिता रहेको जानकारी दिए ।

उनले हालसम्म सुदुरपश्चिममा ३६ हजार महिला हरुलाई आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम दिएको बताए

प्रबन्ध निर्देशक चन्दले प्रशिक्षित प्रशिक्षकहरुले आ-आफ्नो क्षेत्रमा आत्मरक्षाका लागि तालिम सञ्चालन गर्ने गरेको जानकारी दिए ।

कैलाली उद्योग वाणिज्य संघमा सञ्चालित तालिमको उद्घाटन कार्यक्रममा नेपाल कराते महासघं सुदुरपश्चिमका अध्यक्ष त्रिलोक पाण्डे, खेलकुद परिषदका सदस्य बहादुर सिंह वड, खेलदकुद महासंघ सुदुरपश्चिम सदस्य भरत महत लगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन यसोदा बरालले गरेकी थिइन् ।