'करिम' गीत कोरेर गल्ती गरेछु कि भन्ने महशुस भएको छः प्रकाश दुतराज

शनिबार जेठ ५, २०८१/ Saturday 05-18-24
Paschim Today

काठमाडौं । गायक एवं सर्जक प्रकाश दुतराजले बादी समुदायको मन दुखाउने आफ्नो उद्देश्य नरहेको बताएका छन्। पछिल्लो गीत 'करिम' लाई लिएर सामाजिक सञ्जालमा आलोचना समेत भएपछि उनले सो कुरा बताएका हुन्। 

फेसबुकमा स्टाटस लेख्दै प्रकाशले विभिन्न पुस्तक, उपन्यास, भिडिओ तथा अडिओ र इतिहासकारहरूको लेखसंगै आफूहरूले पनि केही खोज तथा अध्ययन गरेर गीत तयार पारेको बताएका छन्।

यो गीत लेखेर गल्ती गरेको महशुस भएको समेत उनले उल्लेख गरेका छन्। ुजीवनमा पहिलो पटक महशुस भएको छ कि मैले यो विषय तथा प्रस्तुत समुदायको बारेमा गीत कोरेर गल्ती गरेछु किरु,ु प्रकाशले लेखेका छन्। 

प्रस्तुत कथाका समुदायले एक समयको एक कालखण्ड कति अँध्यारोमा काटेका थिए भन्ने सरकार र समाजले थाहा पाउनुपर्छ भनेर गीत बनाएको उनले बताएका छन्। भिडिओमा भएको गल्ती औल्याइदिए सच्याउन तयार रहेको समेत उनले उल्लेख गरेका छन्। 'यो–यो कुराहरू सच्याउ भिडियोमा भनि दिनुभयो भने सक्ने, मिल्ने जति म गरिहाल्छु नि१ गर्छु पनि भनेकै छु,' उनले लेखेका छन्। 

गीतमा प्रस्तुत गरिएका कथा एवं दृश्यहरू करिब २र३ सय वर्षअघि भए गरेका घटनाहरूमा आधारित रहेर बनाइएको प्रकाशको भनाई छ।  प्रकाश र शान्तिश्री परियारको स्वर रहेको 'करिम' गीतको भिडिओमा बादी समुदायका महिलाको पीडा र बाध्यतालाई उठान गरिएको छ। यो समुदायका महिला तथा बालिकाले बाध्यताले यौन व्यवसायमा लाग्नु परेको कथाव्यथा भिडिओमा देख्न सकिन्छ। जसलाई लिएर गीतको आलोचना समेत भइरहेको हो। 

गीतले नेपाली समाजलाई पुरानै स्थितिमा लिन खोजेको र बादीहरू जती पढे लेखे पनि देहव्यापारी हुन् भन्ने भाष्यलाई निरन्तरता दिन खोजेको भन्ने कतिपयले आलोचना गरेका छन्। प्रकाश पछिल्लो समयका रूचाइएका गायक हुन्। गीतका कारण उनी विवादमा परेको यो पहिलो पटक हो।